दाजुकाे हत्या आराेपमा भाइ पक्राउ

सोमवार, भदौ २१, २०७८
0
123

भदाै २१,झापा । सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले भाईलाई पक्राउ गरेको छ । सामान्य विवादपछि झापाको बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३७ वर्षिय रतनलाल राजवंशी आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको गएराती कुटेर हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि भागेका उनलाई ज्यामिरगढीबाट पक्राउ गरिएको हो । लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षिय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए ।

पक्राउ परेको रतनलालले प्ररहरीसमक्ष दाईको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो । पक्राउ परेको रतनलाल बिरुद्ध ज्यान मुद्धा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here