भदौ २८, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुबिच सहमति गरेर MCC अनुमोदन गर्नुपर्ने बताएका छन् ।
अमेरिकी सरकारले दिने अनुदान पास गर्न ढिलाई हुँदा अनावश्यक रुपमा गिजोलिएको भन्दै उनले त्रिपक्षिय कुटनितिक सम्बन्ध कायम राख्न पनि MCC अनुमोदन गर्नुपर्ने बताएका हुन् ।
पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्न गोरखा आएका भट्टराईले पत्रकार भेटघाटमा बोल्दै राजनितिक द्धन्द्धको असर MCC पनि परेको र जनस्तरसम्म भ्रम परेको बताए ।
नेकपा एमालेले MCC का सम्बन्धमा सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गरेर अनाैठाे प्रवृति देखाएकाे उनले बताए ।






