काठमाण्डौ । विश्व जलवायुको महाकुम्भ मानिने कोप–२६, मा सोमबार राती विश्व नेताहरुको लागि ग्लास्गोस्थित आर्ट ग्यालरीमा आयोजना गरिएको रिसेप्सनमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन लगायतका नेताहरु वीच भेटघाट भएकाे छ ।
अमेरिकि राष्ट्रपति जाे बाइडेनले नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाइ भेटेका हुन् । भेटमा नेपालले जलवायु परिवर्तनलाइ स्थीर राख्न गरेकाे प्रयासकाे प्रशँसा गरेका थिए । नेपालकाे सामुदायिक बनलाइ अझै व्यवस्थित बनाउन उनले प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका छन् ।






