प्रेस सेन्टर कास्की अध्यक्षमा कृष्ण दवाडी सर्वसम्मत

बुधबार, कार्तिक १७, २०७८
0
227
प्रेस सेन्टर कास्कीका नयाँ नेतृत्व सहितकाे टिम ।

पाेखरा । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । समिति उपाध्यक्षमा दिनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री छनाैट भएका छन् । ह्वाइट हाउस पार्टि प्यालेसमा भएकाे कार्यक्रममा सेन्टरका २०० जना सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी, श्रीभद्र पौडेल र बाबुराम सुवेदी छन् ।

यस्तै, प्रेस सेन्टर पोखरा महानगर संयोजकमा शिवराज बस्ताकोटी शिव दाइ , अन्नपूर्ण गाउँपालिका संयोजकमा श्रीभद्र पौडेल, रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमाया पोखरेल, रोशनी गुरुङ र दीपक परियार चुनिएका छन् ।

यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, श्रीभद्र पौडेल, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विना कुमारी थापा, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएका छन् ।

अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिलले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here