गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङली स्थित भाेटेनी खाेला नजिकै डुम्रे बजारबाट घर फर्कदै गरेका आमाछाेरीमाथि रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेकाे छ ।
आज साँझ करीब ७ बजेतिर घरनजिकैकाे भाेटेनी खाेला आईपुगेका आमा ६० वर्षिय भीम कुमारी क्षेत्री र छाेरी २१ वर्षिय अम्बिका क्षेत्रीलाइ लाई रड प्रहार गर्नुका साथै बाटाेबाट करीब १०० मिटर तल घिसारेर लगेकाे प्रहरीले बताएकाे छ । घटनाबारे स्थानीय प्रहरीले जानकारी दिए लगतै प्रहरी चाैकी विरुवाटारबाट घटना स्थलमा प्रहरी पुगेकाे थियाे ।
लुटेराहरूले उनीहरूकाे शरीरमा भएका गहनाहरू लुटेर भागेकाे र केहि समयपछि मात्र स्थानीयले थाहा पाएर उपचारका लागि लगिएकाे थियाे । आमाछाेरीकाे टाउकाे तथा हातहरूमा चाेट लागेकाे छ। घटनामा दुइ जना युवाहरु देखिएका घाइते अम्बिकाले जानकारी दिएकी छन् ।






