शहिद लखन गाउँपालिका गाेरखाकाे दशाैँ गाउँसभाबाट सात वटा नीति तथा ऐन पारित

शुक्रबार, माघ २८, २०७८
0
201
शहिदलखन गाउँपालिकाकाे आज सार्वजनिक भएकाे लाेगाे ।

गाेरखा । शहिद लखन गाउँपालिकाकाे दशाैँ गाउँ सभाबाट गाउँपालिकाकाे विकासका लागि सात वटा अलग अलग नीति तथा ऐन पारित गरेकाे छ ।

पालिकाले सामाजिक समावेशिकरण नीति प्रस्तावक कृष्ण बहादुर प्रजा समर्थक कल्पना बयलकाेटी, कृषि तथा पशुपँक्षाि विद्येयक प्रस्तावक गणेश थापा मगर, समर्थक नारायण बराम, कर्मचारी सेवा व्यवस्थापन विद्येयक, प्रस्तावक काशीनाथ अँगाइ ,समर्थक दिलिप नारायण थापा, फाेहाेरमैला व्यवस्थापन सम्बन्धमा बनेकाे विद्येयक प्रस्तावक अचल बाबु थापा, समर्थिक यम बहादुर राना मगर, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेकाे विद्येयक २०७८, प्रस्तावक दिप बहादुर केसी, समर्थक सुकमाया वि‍क, गाउँपालिकाकाे भूमी विद्येयक २०७८,प्रस्तावक शरण श्रेष्ठ, समर्थक सकुन थापा मगर, सँगठन तथा व्यवस्थापन सर्वेक्षण, प्रस्तावक राम प्रसाद लामिछाने, समर्थक रुक्मिणी गुरुङ रही पारित गरेकाे हाे ।

यस बाहेक गाउँपालिकाकाे पहिलाे आवधिक याेजना आव २०७८।०७९ देखि २०८२।८३ माथि छलफलका लागि गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्ताव गरेकी थिइन । शहिद लखन गाउँपालकाकाे विनियाेजन एेन २०७८ पहिलाे सँशाेधन विद्येयक २०७८ मा पालिका उपाध्यक्ष तिवारीकाे प्रस्तावमा छलफल भइ पारित भएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here