प्रथम नेपाली दृष्टि विशेषज्ञ सम्मलेन सम्पन्न

सोमवार, असाेज २२, २०७५
0
131

काठमाडौं । प्रथम नेपाली दृष्टि विशेषज्ञ सम्मेलन राजधानीमा सम्पन्न भएको छ । नेपाल दृष्टि विशेषज्ञ संघले आयोजना गरेको सम्मेलनको श्वास्थ्यमन्त्री उपेन्द्र यादबले उद्घाटन गर्दै देशभरका जनतामा आधारभूत श्वास्थ्य पहुँच पुर्याउन सरकार प्रतिबद्ध भएको बताए ।

सम्मेलनमा नेपाल, पाकिस्तान, बंगलादेश, भारत, हङकङ, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, श्रीलंका र युरोपलगायतका देशका सहभागिहरुले ती मुलुकमा आँखा रोग सम्बन्धी गरीएका नयाँ अनुसन्धान र प्रयोगका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा डा कार्ली, डा प्रकाश अधिकारी, डा नवीन पौडेल, डा जौमीलगायतका आँखा बिशेषज्ञहरुले आँखामा लाग्ने बिभिन्न रोग, तिनको उपचार, निदान र आबिष्कार भएका प्रबिधिहरुको प्रयोगका बारेमा जानकारी दिँदै आगामि दिनमा आँखा रोगका लागि बिश्वब्यापी रुपमा गर्नुपर्ने काम र चाहिने नीतिका बारेमा कार्यपत्र तयार पारीएको दृष्टि बिशेषज्ञ डा अरुण ढुंगानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here