गाेरखा । शहीदलखन गाउँपालिका वार्ड नं. २, आरुबोटका महिलाहरु व्यवसायिक रुपमा कागती तथा बेसारखेतीमा लागेका छन । गाउँका सबै महिलाहरुले युवाहरुको विदेश पलायनपछि काम गर्ने जनशक्ति अभावमा बषौंसम्म बाँझो रहेको तथा अन्य खेती गर्दैआएको १२५ रोपनी जग्गामा २००० भन्दा बढी बाह्रमासे कागती (सुनकागती ) लगाएका हुन् । कागतीखेतीसँगै अन्तरबालीको रुपमा बेसारखेती समेत उनीहरुले गरेका छन् ।
जनजागृति महिला कृषक समुहमा आवद्ध २५ जना महिलाहरुले कागतीखेती र बेसारखेतीसँगै कागतीको एक नर्सरी पनि स्थापना गरेका छन् । नर्सरीमा ७००० भन्दा बढी विरुवाहरु रोप्नका लागि तयारी अवस्थामा देखिएका छन् । गैंडाकोटस्थित सहमति संस्था र लुथरन वल्र्ड रिलिफको साझेदारी परियोजनामार्फत् शहिदलखन गाउँपालिका गोरखाको समन्वयमा आरुबोट गाउँलाई व्यवसायिक रुपमा कागतीखेती विशेष क्षेत्र बनाउने गरी समुदायलाई आर्थिक तथा प्राविधिक सहयोग गरिएको सहमति संस्थाका परियोजना संयोजक शिव सुवेदीले बताए । कागतीमा फूल लाग्न थालेपछि किसानहरु खुशी भएका छन् ।

कागतीखेतीसँगै अन्तरबालीको रुपमा बेसारखेतीसमेत गरिएको छ । जनजागृति महिला कृषक समुहमा आवद्ध २५ जना महिलाहरुले कागतीखेती र बेसारखेतीसँगै कागतीको एक नर्सरी पनि स्थापना गरेका छन् । नर्सरीमा ७००० भन्दा बढी विरुवाहरु रोप्नका लागि तयारी अवस्थामा छन् ।
गैंडाकोटस्थित सहमति संस्था र लुथरन वल्र्ड रिलिफको साझेदारी परियोजनामार्फत् शहिदलखन गाउँपालिका गोरखाको समन्वयमा आरुबोट गाउँलाई व्यवसायिक रुपमा कागतीखेती विशेष क्षेत्र बनाउने गरी समुदायलाई आर्थिक तथा प्राविधिक सहयोग गरिएको सहमति संस्थाका परियोजना संयोजक शिव सुवेदीले बताए ।
विभिन्न तालिम, वस्तुगत सहयोग, सिँचाई सुविधा विस्तार आदिमा सहयोग भएको स्थानीय शिवजी थापाले बताए । गाउँमा शहिदलखन गाउँपालिकाकै समन्वयमा महिलाहरुलाई उद्यमी बनाई पारिवारिक आयआर्जनमा सहयोग पुग्ने गरी कृषिउपज बजारीकरणका लागि रामशाहघाटस्थित दरौंदी नदी किनारमा साप्ताहिक हाटबजार प्रवद्र्धनमा समेत सहमति संस्थाले सहजीकरण सहयोग गर्दै आएको नयाँपुल कृषिउपज बजार उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष झक्कल थापाकाे भनाइ छ ।

सामूहिक खेतका बारेमा सोमबार शहिदलखन गाउँपालिका गोरखाका अध्यक्ष रमेशबाबु थापा तथा सहमति संस्थाका कोषाध्यक्ष वेलप्रसाद पौडेल, र लाभान्वित समुदायसहित आरुबोटमा भए गरेका जीविकोपार्जन गतिविधिको संयुक्त रुपमा अनुगमन समेत भएकाे छ ।
जनजागृति महिला समुह तथा आरुबोटका अगुवा पुरुषहरु समेतको सहभागितामा कोभिड १९ ले आयआर्जनमा पारेका समस्या, थपिएका चुनौती समाधानका उपाय, खोपको पहुँच तथा कृषिउपज बजारीकरणका सन्दर्भमा पनि विभिन्न छलफल भएकाे शिवजी थापाले जानकारी दिए । कागती नर्सरी, व्यवसायिक तरकारीखेती, बाख्रापालन एवं कागतीखेती गरिएको स्थलमा पुगेर किसानहरुसँग समस्या र समाधानका उपायबारे छलफल गरिएको जनजागृति महिला कृषक समुहकी अध्यक्ष रेक्सना दर्लामीले पुष्टि गरेकी छन् ।






