ट्रकले किच्दा विद्यालय हिडेकी विद्यार्थीकाे मृत्यु

बुधबार, चैत्र १६, २०७८
0
141
साँकेतिक तस्वीर

पोखराको सभागृहचोकमा आज (बुधबार) बिहान मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको ज्यान गएको छ।

बिहान करिब ६ बजे बाटो काट्ने क्रममा ना ६ प ४७२५ नं दश चक्के मालवाहक ट्रकले किच्दा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत वर्ष १८ की अञ्जना पाइजाको ज्यान गएको हो। बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएपछि मृतक अञ्जनाको शरीर चक्कामुनि परेको छ।

पाइजा पोखरा–१५, नयाँ गाउँबाट कलेज आउँदै गर्दा उक्त घटना भएको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

ट्रक चालक विश्व श्रेष्ठ र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव निरीक्षक शिव पाठकले बताए। सई पाठकका अनुसार चालक श्रेष्ठ तनहुँ जिल्ला व्यास नगरपालिका ११ का हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here