जिल्ला समन्वय समिति गाेरखामा माओवादी केन्द्रकाे एकल बहुमत

शुक्रबार, जेष्ठ २०, २०७९
0
233

गाेरखा । जिल्ला समन्वय समिति गाेरखामा माओवादी केन्द्रकाे एकल बहुमत भएकाे छ । जिल्ला भित्रका ११  वटा पालिका मध्ये ९ पालिकामा विजय हासिल गरेकाे माओवादीमा १५ मत रहेकाे छ । जिसस प्रमुख लगायतकाे समिति गठनका लागि कूल मतसँख्या २२ रहेकाे छ । नेपाली काँग्रेससँग ७ मत रहेकाे छ ।

कसलाइ प्रमुख बनाउने भन्ने विषयमा माओवादीमा एकिन हुन सकेकाे छैन । जिसस गठनका विषयमा छलफलका लागि जेठ २२ गतेलाइ बैठक बाेलाइएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन भइसक्नुपर्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here