स्याङ्जा । भीरकाेट नगरपालिका वडा नम्बर ५ का बलराम पाण्डे वेपत्ता हुनुभएकाे २१ वर्ष भैसकेकाे थियाे । परिवारले पाण्डे जिवितै आउनुहाेला भन्ने कमै आश गरेका थिए । आइतबार साँझ सेताे दाह्री भएका, ढाका टाेपी लगाएका एक जना मानिस स्वरेक भञ्ज्याङ हुँदै उकालाे बाटाे मैदान तिर लम्कीए । गाउँलेहरु एक आपसमा मुख हेराहेर गर्न थाले । यस्ताे मानिस गाउँमा देखिएकाे थिएन काे आयाे भन्दै गाउँलेहरुले पिछा गर्ने थाले ।
पातलाे शरीर लामाे कद भएका एक जना मानिस पाण्डे गाउँतिर लागे । साविस स्वरेक गाविसमा पर्ने याे गाउँ अहिले भीरकाेट नगरपालिका वडा नम्बर ५ मा पर्दछ । पाण्डेलाइ भेट्न साेमबार घरमा पुगेका पत्रकार टाेलीसँग सुस्तरी बाेलेका पाण्डे आफूलाइ घर ठेगाना सबै थाहा भएकाे तर आउने चाहना नभएकाे कारण नआएकाे बताए ।
भारतकाे राजस्थानमा रहेकाे बताउँदै उनले भने, ‘अझै पनि आउन मन लागेकाे थिएन एकदिन सपनामा गाउँघर सम्झेँ र भाेलिपल्ट नै गाउँ जाने निधाे गरी आएँ ।’ घरमा आउँदा आमा बाहेक सबैलाइ भेट्न पाउँदा आफूलाइ खुशी लागेकाे उनले बताए ।
लामाे समयदेखि हराएका बलराम पाण्डे गाउँमा आएकाे थाहा पाएपछि उनलाइ चिन्ने घरपरिवार र गाउँसमुदायका नागरिकहरु खुशी भएका स्थानीय घनश्याम पाण्डेले बताए ।






