गाेरखा अस्पतालकाे थप विकासका लागि नगरपालिकाले स्वामित्व लिन्छ : नगरप्रमुख राना

मङ्लबार, जेष्ठ २४, २०७९
0
209

गोरखा, २४ जेठ । गोेरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानामगरले गोरखा अस्पतालकाे थप विकास लागि नगरपालिकाले स्वामित्व लिने बताएका छन् ।

अस्पतालमा आज आयोजना गरेको जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको स्वागत छलफल कार्यक्रममा बोल्दै उनले भने ,जिल्लाका अन्य पालिकाहरुले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गरेपनि गोरखा अस्पताल नगरपालिका भित्र नै रहेकाले नगरपालिकाको छुट्टै अस्पताल निर्माण गर्ने भन्दा पनि गोरखा अस्पताललाई नै सुबिधासम्पन्न बनाउन पहल गर्छु ।

नगरप्रमुख रानामगरले गोरखा अस्पताल गोरखा नगरपालिका भित्रै भएकाले पनि अस्पतालसंग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताए । उनले अस्पतालबाट बिरामीहरुको उपचारलाई प्रभावकारी बनाउन र बिशेषज्ञ चिकित्सकहरुबाट जिल्लामा जटिल खालका स्वास्थ्य उपचार गर्न सक्ने गरी योजना निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले नवनिर्वाचित पालिका अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरेका थिए  ।

अस्पतालको सभाहलमा आज भएको छलफल कार्यक्रममा अस्पतालको बिकासका लागि स्थानीय तहले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा नवनिर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु संग छलफल समेत भएको छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राना सहित शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापामगर, आरुघाट गाउँपालिका प्रमुख राजु गुरुङ, चुमुनुब्री गाउँपालिका अध्यक्ष निमा लामा लगायतको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here