गण्डकी गाउँपालिका भित्र रहेका करार कर्मचारीकाे म्याद नथपिने

शुक्रबार, असार ३१, २०७९
0
196

गाेरखा । गण्डकी गाउँपालिकामा रहेका करारका कर्मचारीकाे म्याद नथपिने भएकाे छ । गाउँ कार्यपालिका बैठकले निर्णय गरी साउन १ गतेदेखि काम नआउन निर्देशन दिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले बताए ।

कार्यपालिकाको ८७ औँ बैठकले गाउँपालिका, गाउँ कार्यपालिकाबाट नियुक्ति लिई सेवा करारमा कार्यरत विद्यालय र ओभीओटि अन्तर्गत बाहेकका सबै अस्थायी, सेवा करार र ज्यालादारीमा कार्यररत कर्मचारीलाई हटाउन निर्णय गरेकाे हाे । गाउँपालिकालाइ करार म्याद थप गर्ने नगर्ने निर्णय गर्ने अधिकार रहेकाे अधिकारीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here