पत्रकार नारायण वाग्ले प्राङ्गारिक कृषिका लागि गाउँमा

सोमवार, साउन ३०, २०७९
0
165

अस्मिता खनाल /तनहुँ । चर्चित लेखक तथा पत्रकार नारायण वाग्ले प्राङ्गारिक कृषिका लागि गाउँ फर्केका छन् लामो समय नेपाली पत्रकारितामा बिताएका वाग्ले माटो प्रेमले कृषिमा लागेको बताउछन् । “किसानलाई कृषिबाट विमुख गर्ने राज्यको चरित्र भयो । कृषि अपहेलित भयो । यसरी कृषि गर्न सिकौं, ताकि कृषकले आत्मसम्मान पाउने बाटोको खोजी होस् । बढि भन्दा वढि माटोको माया गर्न किसानलाई उत्साहित गर्ने उपायहरु के के हुन्, पत्ता लगाउन सकियोस्, यही सिक्न लागेको छु वाग्लेले बताए।”

वाग्लले यो वर्ष १५ थरी रैथाने जातका धान लगाएका छन् । खेत नजिकैको बाँझो सिरुवारीमा फलफुलका विरुपा रोपेका छन् भने नजिकै रहेको चिलाउनेको जंगलमा जडीबुटी लगाएका छन् । वनजंगल, पशुपालन र खेतीपाती विच सहजीकरण गरेर नै मानिसले पोषणयुक्त लाभ लिन सक्ने वाग्लेको विश्वास छ । रासायनिक मलको प्रयोग गर्ने कृषि नितिले माटोलाई सबैभन्दा बढि असम्मान गरिएको वाग्लेको भनाई छ । शुन्य रसायनिक मलको निती कार्यान्वयन हुन सक्दैन भन्ने सोचाई विस्थापन गरी जैविक कृषि पद्वती स्थापित गर्न रासायिनिक मल र विषादी प्रयोग नगर्ने दृढता सहित खेती शुरु गरेको वाग्लेले बताए ।

“रासायिनिक मलले उत्पादन बढायो यो सही हो तर अहिले उत्पादित खाद्यान्नको गुणस्तर र पोषणमा मलाई एकदमै ठुलो सन्देह छ, वास्ना छैन, स्वाद छैन, अडिलोपना पनि छैन । एक थाल भात खाने मान्छे पनि एकैछिनमा भोकाउँछ । उत्पादन मात्रै बढाउने धारणाले रासायिनिक मल प्रयोग गर्ने, किरा आउँछ, त्यसलाई विषदी हालेर मादिर्ने त्यो खालको सोचाईले माटो विगा¥यो, ईकोलोजी विगा¥यो, प्रकृति विगा¥यो, वास्ना विगा¥यो, कृषि नै विगा¥यो ।

एक अजुंली माटोभित्र छान्नै नसकिने अथाह जीवाणु छन् । यो चाहि जीवणु चाहिदैन भनेर विष हाल्दा त अरु धेरै जीवाणु मर्छन् नि । यो नैतिक प्रश्न हो । त्यसरी उत्पादन गरिएको खाना के नैतिक होला त ?” वाग्लेको प्रश्नको जवाफसँगै जैविकताको महत्व जोडिएर आउने निश्चित छ । यसको कार्यान्वयनका लागि किसानलाई जानकारीको खाँचो छ भने सरकारले नीति ल्याउन ढिला भइसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here