नेपाल-भारतको बहुआयामिक द्विपक्षीय सम्बन्ध छ: युवा नेता खनिया

सोमवार, साउन ३०, २०७९
0
261
  1. यहि अगस्ट १३-१५ सम्म भारतको पौराणिक तथा ऐतिहासिक सहर खजुराहोमा सम्पन्न युवा तथा विद्यार्थीको विश्व सम्मेलनमा नेपाल, राप्रपा र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई प्रतिनिधित्व गर्दै युवा नेता तथा राप्रविसंका सह-महामन्त्री अभिविन्द खनिया नेपाल फर्किनुभएको छ। कार्यक्रमको क्रममा भाजपाका नेताहरु, विभिन्न देशका अन्तराष्ट्रिय विद्यार्थीहरु, भारतमा अध्ययनरत नेपाली तथा WOSY को संचालक समिति तथा अखिल भारतीय विद्यार्थी परिसद्का विभिन्न नेता तथा कार्यकारिणी व्यक्तित्वको साथ भएको भेटघाट फलदायक रहेको कुरा उहांले बताउनुभयो।

 

भाजपाका प्रभावशाली नेता तथा संस्कृति, पर्यटन तथा विकास मन्त्री जि किसन रेड्डी, खजुराहोका सासंद भिडी शर्मा, भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा, ए.भि.वि.पि को संगठन मन्त्री कुमारी निधि त्रिपाठी तथा WOSY का अध्यक्ष नितिन शर्माको मुख्य उपस्थितिमा उक्त कार्यक्रमको उद्घघाटन भएको थियो। ‘कल्चर तथा सेयर्ड सस्टेनएवल फिउचर’ नाम रहेको उक्त सेमिनारमा मुख्य वक्ताको रुपमा अखिल भारतिय राष्ट्रिय शैक्षिक संगठनका नेसनल ज्वाइन्ट सेक्रेटरी श्री जि लक्ष्मण, TV9 डिजिटलकी सह-संपादक प्रियंका डियो, प्रतिष्ठित प्राध्यापक, नवाचार र उद्यमशीलता, MICA का निर्देशक प्रा शैलेन्द्र राज मेहता , WOSY को पूर्व उपाध्यक्ष डा एच लुसी गेस्ट, जर्मन अथप मारिया वर्थ रहनुभएको थियो।

 

“नेपाल भारतको महत्वपूर्ण छिमेकी हो र शताब्दीयौंदेखिको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेकाले बहुआयामीय द्विपक्षीय सम्बन्ध छ। भारत र नेपाल हिन्दू र बौद्ध धर्मको सन्दर्भमा समान सद्भाव राख्छन। बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा अवस्थित छ। दुई देशले खुला सिमाना र मानिसहरूको निर्बाध आवतजावत मात्र गर्दैनन्, उनीहरुबीच विवाह र पारिवारिक सम्बन्धको माध्यमबाट पनि घनिष्ठ बन्धनहरू छन्। आजको आवश्यकता सिमाको क्षेत्रीय राष्ट्रवादमा अल्झिनुभन्दा शान्त संवादको लागि आधार तयार गर्नु हो छिमेकी राष्ट्र भारत यसमा संवेदनशील र उदार साझेदार हुन आवश्यक छ” खनिया भन्नुहुन्छ। विगत लामो समयदेखि राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध रहेका खनिया जीवविज्ञानका विद्यार्थी हुन्, जीव विज्ञान संगसंगै राप्रपा भित्र पनि प्रतिभाशाली युवा नेताको रुपमा उनी उदियमान् छन्।

 

नेपालको प्रतिनिधिमण्डलको संयोजकको रुपमा प्राज्ञिक विद्यार्थी परिसद् नेपालको राष्ट्रिय महासचिव छितराज न्यौपाने रहनुभयो थियो भने राप्रपाको युवा नेता अभिविन्द खनिया, अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनाल, लोसविसंका मधेश प्रदेश युवा संयोजक प्रशान्त झा लगायत अन्य ५ नेपाली विद्यार्थीको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here