उपचार खर्च तिर्न नसकेका राजेश न्यौपानेलाई पेन्गुईनको सहयोग

शुक्रबार, भदौ ३, २०७९
0
160

उपचार खर्च तिर्न नसकेर अस्पतालमै बसेका गोरखा जिल्ला पालुङ्टार नगरपालिका ४ का राजेश न्यौपानेलाई लायन्स क्लब अफ पोखरा पेन्गुईनले रु १० हजार सहयोग गरेको छ । राजेश बिगत ५ दिन अघि पोखरा नयाँगाउँमा रहेको हरियो खर्क अस्पतालमा कानको अप्रेसनका लागि आएका थिए । राजेश भर्खरै एसइई दिएका बिद्यार्थी हुन् ।

उनका बाबुका अनुसार राजेको करिब ४,५ बर्षमा कान पाकेर पीप जम्मा भएको रहेछ । पछि समयमा उपचार नपाएपछि राजेशले दुबै कान सुन्न छोडे । केही महिना अघि मात्र आएर हरियो खर्कमा उपचार गराएका राजेशलाई चिकित्सकहरुले अप्रेसनका लागी भदौं १ गतेको समय दिएका थिए । राजेशका बुबाले करिब १८ हजार बोकेर छोराको अप्रेसनका लागी गोरखा पालुङ्टार देखी पोखरा आए । उपचारको क्रममा बस्ने औषधी गर्ने गर्दा उनले ल्याएको सबै पैसा सकियो ।

अप्रेसन खर्च ४५ हजार आएको उनले बताए । घरबाट ल्याएको सबै पैसा सकिएपछि अस्पतालको पैसा तिर्न उनीहरुले सकेनन् लायन्स क्बल अफ पोखरा पेन्गुईनका अध्यक्ष ला. दिपक भण्डारीको अग्रसरतामा अस्पताल प्रशासनसंग कुरा गरेर रु.३५ हजार छुट दिलाउन सफल भएको पेन्गुईनका सचिव ला. सुवास अम्गाईले जानकारी दिए ।

ला. अम्गाईका अनुसार बाँकी रकम रु १० हजार उपचारार्थ रहेका राजेशको परिवारलाई हरियो खर्क अस्पताल कान बिभागका प्रमुख एकदेब देबकोटाको बिशेष उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here