भदौ, ५ काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित चुनावी अभियान घोषणा गरेको छ ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गरेको छ । जसअनुसार पहिलो चरणको अभियान १० देखि २४ भदौसम्म सञ्चालन हुनेछ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पहिलो चरणपछि दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएर सञ्चालन हुनेछ भने तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गर्ने तयारी भएको छ ।
‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने महतले जानकारी दिए । उनीहरूलाई कांग्रेसले आज आइतबार अभिमुखीकरण दिने कार्यक्रम तय गरिसकेको छ ।
अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामका’bout जनतालाई जानकारी गराउने, निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गर्ने र सत्तारूढ गठबन्धन दलबीच तालमेलको औचित्य पुष्टि गरिने महतले बताए । अभियानमा यही चार उद्देश्यअघि सार्ने कांग्रेसले जनाएको छ ।
‘जनताका घर–आ“गनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने, जनभावनाअनुरूपको रूपान्तरण र विकास परियोजना’bout जनतासँग विविध ढंगले अन्तक्र्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमो लिइएका अडान’bout जनतालाई सुसूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने, निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टीपंक्ति र जनतासमक्ष राख्ने’ अभियानको उद्देश्य रहेको प्रवक्ता महतले जानकारी दिए ।
अभियानमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाउन सक्ने छन् ।






