जिल्लामै पहिलाे पटक ठूलाे मात्रामा पालुङ्टारमा रगत सङ्कलन

बुधबार, भदौ ८, २०७९
0
170

 गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकामा आज बुधबार भएको रक्तदान कार्यक्रममा २०० जनाले रक्तदान गरेका छन् । जसमध्ये २८ जना महिलाले रक्तदान गरे भने १७२ जना पुरुषहरुले रक्तदान गरेकाे प्रदेशिक रक्त संञ्चार केन्द्र भरतपुरका सिनियर प्रविधिक विश्व सापकोटाले बताए ।

पालुङटार नगरपालिका र ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीकाे सम्युक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले कार्यक्रममा बोल्दै रक्तदान जस्तो पुण्य काम गरेकोमा धन्यवाद व्यक्त ।  त्यस्तै नगर प्रमुख चिन्तनले यस्ता कार्यक्रमहरुमा नगरपालिका सँधै सहयोग गर्ने तयार रहेको पनि बताए ।

जिल्लामा आँशिक रुपमा रक्त सङ्कलन हुने गर्दछ तर २०० पिन्ट रगत सङ्कलन भएकाे समाचार पहिलाे पटक लेख्न पाएकाे नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाका पूर्व मन्त्री समेत रहेका पत्रकार राजेन्द्र न्याैपानेले बताए । जिल्लामा दैनिक रगत सङ्कलन गर्न आवश्यक रहेकाे उनकाे भनाइ छ ।

रगत सङकलन कार्यक्रममा गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरु, स्थानीय युवा समाजसेवी, रेडक्रसका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here