इनारमा डुबेर युुवकको मृत्यु

शुक्रबार, भदौ १०, २०७९
0
150

गाेरखा ।   इनारमा डुबेर युवककाे  मृत्यु भएकाे छ । पालुङटार नगरपालिका—७ च्याङ्लीका २९ वर्षका प्रेमबहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको हो ।

बुधवार साँझदेखि घरपरिवारको सम्पर्कमा नरहेका उहाँलाई आज बिहान इनारमा डुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले घटनास्थल पुगेर घटनाको मुुचुल्क तयार गरी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाएको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here