मनकामना क्षेत्रकाे फाेहाेरलाइ व्यवस्थापन गर्ने विषयमा छलफल

बुधबार, भदौ १५, २०७९
0
122

गोरखा । शहिद लखन गाउँपालिकाले पालिका भित्रका फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनको तयारी गरेको छ ।गाउँपालिकाले पालिका भित्र उत्पादन हुने फोहोरलाई प्रसोधन तथा मलखादमा रुपान्तरण गर्ने गरी व्यवस्थापनको योजना तयार गर्न लागेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले बताए।

योजना निर्माणका लागि गाउँपालिका र मनकामना फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा विज्ञ इ.ढुण्डीराज पाठक सहितको टोलीसँग छलफल गरेको छ ।अन्तरक्रिया कार्यक्रममा पालिका भित्रबाट निस्कने कुहिने तथा नकुहिने फोहोरको व्यवस्थापनबारे छलफल भएको गाँउपालिका अध्यक्ष थापामगरले जानकारी दिए ।

कुहिने फोहोरबाट मल बनाउन सक्ने तथा माकामनामा रहेको बोका र कुखुर सरसफाई केन्द्रबाट निस्कने लादीबाट गोबर ग्यास निकाल्न सकिने उनको भनाई छ । उनका अनुसार यसको कार्यन्वयनमा चरणबद्ध ढङगले जाने तयारी छ ।

‘विशेष गरी मनकामना, बजार क्षेत्र र समग्र पालिका भित्रबाट निस्कने फोहोरलाई वैज्ञानिक ढङ्गले कसरी व्यवस्थापन गर्न सक्निछ, उहाँले भन्नुभयो ‘त्यहाँ अलि बढी फोहोर उत्पादन हुने भएकाले त्यसलाई केन्द्रित गरेर व्यवस्थापन गर्ने बारे छलफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here