तनहुँ । आँवुखरैनी गाउँपालिकाले सडकछेउमा रहेकाे नालाबाट तीन मिटर चाैडा पैदल मार्ग बनाउने भएकाे छ । उक्त कार्यक्रम अन्तर्गत आजदेखि गाउँपालिका चाेकबाट चिसापानी सम्म अतिक्रमित भागहरु डाेजर प्रयाेग गरी खुला गरिएकाे आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
नालाबाट तीन मिटरकाे पैदल मार्ग बनाउने उनले बताए । याे काम निरन्तर अघि बढ्छ, समयमै हटाउन यस अघि नै सूचना गरिएकाे छ, मापदण्ड अनुसार हटाउनुपर्ने सँरचनाहरु पालिका आफैले हटाउँदै जाने उनले बताए । यस क्षेत्रका जनताकाे हितका लागि आफू निर्वाचित भएकाे र जनता सामु गरेकाे प्रतिबद्धता अनुसार निरन्तर काम गर्दै जाने उनले बताए ।
आँवुखैरेनीमा सार्वजनिक जमिन समेत हडपेर घर बनाउने, पसल राख्ने गर्दा पैदल यात्रीहरु मुख्य सडकबाट जाेखिम माेलेर हिँड्नुपर्ने बाध्यता रहँदै आएकाे छ ।






