गाेरखा । पुरानाे शिक्षा प्रणालीकाे शिक्षामा ख्याती कमाएकाे हिजाेकाे खरिबाेट, सिमजुङ, हँसपुर क्षेत्र समेटिएर बनेकाे अजिरकाेट गाउँपालिका नयाँ शिक्षा प्रणालीमा समेत आफूलाइ अब्बल सावित गर्न अघि बढीरहेकाे छ । शिक्षाकाे विकासले अरु विकासलाइ समेत सँगै लिएर आउने भएकाले शिक्षाका लागि शुक्ष्म ढँगले लागि परेकाे गाउँपालिका अध्यक्ष दिपक देवकाेटाले बताए ।
पालिकाकाे शैक्षिक गुणस्तर वृद्धिका लागि समिति बनाएर काम गर्ने गरेकाे उनले बताए । छलफलबाट हुने निर्णयहरु सतप्रतिशत कार्यन्वयनमा आएका छन् उनले भने । नियमित पठपाठनसँगै विद्यार्थीका अतिरिक्त क्रियाकलापहरुलाइ पालिका स्तरीय बनाइ कार्यन्वयनका चरणमा रहेका छन् ।
तहगत र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी शिक्षक पुरस्कार, शिक्षाका सराेकारवालाहरुसँगकाे अन्तरक्रिया, विज्ञान विषय र प्राविधिक धार विषयकाे व्यवस्थापन, शिक्षकहरुकाे तहगत, विषयगत र पेशागत क्षमता विकास कार्यक्रम, एकीकृत पाठ्यक्रम तालिम, शिक्षक, प्रधानाध्यापक क्षमता विकास कार्यक्रम, रनिङ शिल्ड, विभिन्न खेलकुद प्रतियाेगिता, स्काउट व्यवस्थापन तालिम, वार्षिक शैक्षिक पात्राे निर्माण गरी कामहरु अघि बढेका छन् ।
प्राविधिक धार तर्फ सिटिइभिटीका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । निकट भविष्यमा अजिरकाेट गाउँपालिकामा स्तातक तह तर्फकाे क्याम्पस स्थापना हुनेमा यस क्षेत्रका शैक्षिक सराेकारवालाहरुकाे अपेक्षा समेत रहेकाे छ ।
गाउँपालिकाले विद्यार्थी सँख्या न्युन भएका विद्यालयहरु धमाधम मर्ज गर्न थालेकाे छ । माध्यमिक तहमा साेही तहका स्थायी शिक्षकहरुकाे व्यवस्थापन गरी शैक्षिक गुणस्तरका लागि प्रधानाध्यापकसँग सम्झाैता गरेकाे छ ।






