शुक्रबार, पुस १, २०७९
0
136

गोरखा । गोरखाको शहिद लखन गाँउपालिकामा आजदेखी राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु भएको छ । गाउँपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय गोरखाबाट खटिएका टोलीले अभियान सुरु गरेको हो ।

बिहिवार गाँउपालिकामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले अभियान अन्तर्गत सातवटा वडामा दुईवटा स्टेशन राखी अभियान संचालन भइरहेको जानकारी दिए ।

बाँकी दुई वटा वडामा पनि छिटै टोली तयारीमा रहेको उनले बताए । साथै यसको प्रभावकारी कार्यान्वयका लागि गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुलाई सुचित गरी विवरण संकलन कार्यमा सहयोग गरिदिन समेत अनुरोध गरे ।

शुक्रबारबाट संचालन भएको सो अभियान १२ दिनसम्म संचालन हुनेछ । कार्यक्रममा पालिका अध्यक्ष रामेशबाबु थापामगरले राष्ट्रिय परिचयपत्र संकलन अभियानमा गाउँपालिकाको पुर्ण सहयोग रहेको प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष थापामगरको अध्यक्षता तथा सहायक प्रजिअ बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, प्रशासकीय अधिकृत हिमलाल चापागाई, वडाअध्यक्ष, वडा सचिव, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । हाल जिल्लाको बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा सो अभियान संचालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here