गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गाेरखा आउने भएका छन् । जिल्लामा हुन गइरहेकाे ११ अाै गाेरखा महाेत्सव उद्घाटनका लागि प्रचण्ड गाेरखा आउने भएका हुन् । आज दिउँसाे प्रचण्ड सहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गाेरखा आउने माओवादी नेता विष्णु भट्टले जानकारी दिए ।
आजै देशका चारवटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखामा आउने भएका छन् । पृथ्वी नारायणा शाहकाे शालिक अनावरणका लागि सेना प्रमुख प्रभुराम शर्मा सहितकाे टाेली गाेरखा आउने भएकाे हाे । शर्माले राष्ट्रिनिर्माता सलामी शुभारम्भ गर्नेछन् ।
सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरिक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।







