गाेरखाका पाँच पालिकाले गरे लिजा सार्वजनिक

शनिबार, पुस ३०, २०७९
0
152

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, गाेरखा नगरपालिका र सिरानचाेक गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली ‍(लिजा) सार्वजनिक गरेका छन् ।

जसमा शहिदलखन गाउँपालिकाकाे औसत अङ्क ८३.७५ र आरुघाट गाउँपालिकाकाे औषत अङ्क ६१ प्रतिशत रहेका छन् । गाेरखा नगरपालिका ६७.५ प्रतिशत र सिरानचाेक गाउँपालिका ७९.५ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएका छन् । अजिरकाेट गाउँपालिका ५०.२५ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएकाे छ ।

आर्थिक वर्ष २०७९ मा भए गरेका कामहरुकाे बारेमा स्थानीय तहकाे सँस्थागत मूल्याङ्कन भएकाे हाे । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन,सहकार्य र समन्वय लगायतका विषयमा मूल्याङ्कन भएकाे हाे ।

आफैले मूल्याङ्कन गर्ने याे प्रणालीमा जिल्ला समन्वयले सहजीकरण गर्दछ । आज राती १२ बजेपछि याे प्रणाली आफै बन्द हुनेगर्दछ । यसमा प्राप्त गर्ने अङ्कले प्रदेश र सँघबाट प्राप्त हुने बजेट तथा प्राजेक्टका नयाँ याेजनाहरुमा सहजीकरण गर्दछ । जति धेरै प्रतिशत अङ्क प्राप्त गर्न सक्याे उती नै विकास निर्माणमा सहयाेग पुग्दछ । याे समाचार तयार गर्दा सम्म गण्डकी प्रदेशका ८५ पालिमा २१ र देशभरका ७५३ पालिकामा १७० पालिकाले लिजा सार्वजनिक गरेका छन् ।

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन प्रणालीमा भने गण्डकीका तीन पालिका मात्र देखिएका छन् भने देशभरीमा ८१ वटा पालिका देखिएका छन् । यसकाे समय पनि आज राती १२ बजे सम्मका लागि रहेकाे छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here