गोरखा । जंगलमा लुकेर तास खेलिरहेका गाेरखाका चार जना प्रहरी फन्दामा परेका छन् । विहिबार प्रहरीले ४ जनालाई पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको प्रहरीको टोलीले पालुङटार नगरपालिका वडा नम्बरं.३ सिउडेनी जंगलमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पालुङटार नगरपालिका–५ घर भएका ७० बर्षका ईश्वरी प्रसाद न्यौपाने, ४२ बर्षका जयराम राजभाट, वडा नम्बर ३ घर भएका ६२ बर्षिय कृष्ण बहादुर बोगटी र ४२ बर्षका जानु मोहम्मद रहेको प्रहरीले उनले बताए । गोप्य सूचनाका आधारमा हारजित हुने गरी जुवातास खेली रहेको अवस्थामा जुवाको खालबाट नै उनिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी लामिछानको भनाई छ ।






