जापान भ्रमणमा रहेका गाेरखाका जनप्रतिनिधिको टाेलीलाई गाेरखा समाज जापानद्वारा स्वागत

शनिबार, फाल्गुन ६, २०७९
0
190

सन्दिप सुनार
टाेकियाे ६, फाल्गुन । जापान भ्रमणमा रहेका गाेरखाका जनप्रतिनिधिको टाेलीलाई गाेरखा समाज जापानले स्वागत तथा भेटघाट गरेकाे छ ।

जिल्लाकाे बारपाक सुलिकाेट गाउपालिकाका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र ) गाेरखाका अध्यक्ष बिष्णु भट्ट , पालुङटार नगरपालिकाका अध्यक्ष एवं माओवादी केन्द्र पालुङटार नगरपार्टीका ईन्चार्ज गुणराज देवकोटा (अजय) , बारपाक सुलिकाेट गाउपालिकाकी उपाध्यक्ष सनमाया गुरूङ लगाएतकाे जनप्रतिनिधिको टाेलीलाई समाजले शुक्रबार एक कार्यक्रमका बिच स्वागत तथा भेटघाट कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा भ्रमण तथा तालिमका क्रममा आफुहरूले सिकेका कुराहरूलाई वुँदागतरूमा व्यवहारमा उतार्ने बारपाक सुलिकाेट गाउपालिकाका अध्यक्ष विष्णु भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफुहरूले गरेका कमिकमजाेरीलाई खबरदारी गर्दै राम्रा कामहरूलाई प्राेत्साहान गर्न अध्यक्ष भट्टले आग्रह गरे । यहाँ रहेर युवाहरूले सिकेका क्षमता र सिपलाई आफ्नै देशमा फर्केर लागू गर्न सक्ने वातावरण निर्माण गरि गाउपालिकाहरूले संस्थागत गर्ने पर्ने बताए ।

अनुकुल समयमा पनि देश वाहिर रहेकाे जिल्लाका नागरिकहरूसँग भेट गर्ने माैका जुराईदिएकाेमा उहाले गाेरखा समाज जापानलाई धन्यवाद दिएका छन् ।

पालुङटार नगरपालिकाका अध्यक्ष गुणराज देवकोटा (अजय) ले यहाँको कृषि क्षेत्रमा प्रयाेग भएका आधुनिकिकरण र यस क्षेत्रमा रहेर काम गर्ने युवाहरूलाई आफ्नै देशमा सीप क्षेमता लागू गर्न मिल्ने गरी सम्बन्धित पक्षसँग आफुहरूकाे पहल गर्ने बताए ।

समाजका अध्यक्ष चुढामणी भट्टराईले जापनमा रहेका गाेरखाबासीहरूकाे अवस्थाकाे वारेमा जानकारी गराएका थिए । फेब्रुअरी ५ तारिख देखी तालिम तथा भ्रमणकाे लागि जापनमा रहेका गाेरखाका जनप्रतिनिधिहरूकाे आज राति १० बजे स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here