
गाेरखा । जिल्लाकाे गाेरखा क्याम्पस.द्रव्यशाह बहुमुखि क्याम्पस र भवानी बहुमुखि क्याम्पसमा स्ववियू निर्विराेध चयन भएका छन् । उम्मेदवारी परेका ठाउँमा परिणाम घोषणा गर्न त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले परिपत्र गरेपछि क्याम्पसहरुले परिणाम सार्वजनिक गरेका छन् ।
परिणाम अनुसार गोरखा क्याम्पस सभापतिमा विष्णु पाण्डे , द्रब्यशाह बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा सौनक घिमिरे र भवानी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल समाजवादी विद्यार्थी युनियनका गुणराज गिरी निर्वाचित भएका छन् । पाण्डे अखिल क्रान्तिकारी, घिमिरे नेविसंघ र गिरी नेपाल समाजवादी विद्यार्थी युनियनमा आवद्ध रहेका छन् ।
जिल्लामा अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसँघ र समाजवादी विद्यार्थी सँगठनहरुले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए ।
गोरखा क्याम्पसको स्ववियू सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडी र प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोरा निर्वाचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित हुने सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङ रहेका निर्वाचन अधिकृत दवाडीले बताए ।
द्रब्यशाह बहुमुखी क्याम्पसको स्ववियु सचिवमा सचिन खनाल, कोषाध्यक्षमा अबिन श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा प्रत्यक्षतर्फ राजेश श्रेष्ठ, बिपना कोईराला, अनुप सिम्खडा, प्रताप थापा मगर, नबिना गुरुङ चयन भए । समानुपातिक तर्फ सदस्यहरुमा सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङ निर्वाचित भएका छन् ।
भवानी बहुमुखी क्याम्पसको स्ववियु उपसभापतिमा विवश पौडेल, सचिवमा आकाश रानामगर र कोषाध्यक्षमा रोजिना मिया, सहसचिवमा नरेश बोटे चयन भए । सदस्यहरुमा अखिल क्रान्तिकारीबाट रुवी तामाङ, नेविसंघबाट इन्दिरा गिरी, अनेरास्ववियुबाट भवानी राना निर्वाचित भएका छन् । समानुपातिक तर्फबाट लक्ष्मी खड्का रानाभाट,सुनिता गिरी, रोजिना देवकोटा निर्वाचित भएका क्याम्पस स्राेतले जानकारी दिएकाे छ ।





