शहिदलखन गाउँपालिकामा १५ शैयाकाे अस्पताल भवन शिलान्यास

बिहिबार, चैत्र २३, २०७९
0
118

२३ चैत ,गाेरखा । शहिद लखन गाउँपालिकाको वडा नं. ५ तिनमाने स्थित केउरेनीमा १५ शैयाको आधारभुत अस्पताल भवनको निर्माण शुरु भएको छ । केउरेनीमा पालिका स्तरीय १५ शैयाको आधारभुत अस्पताल वन्ने भएकाे हाे । नौ रोपनी आठ आना जग्गामा भवन निर्माण शुरु भएको हो ।

पालिकास्तरीय भवन दुइ वर्ष भित्र निर्माण सक्ने गरि ड्रागन विकोन शंखपोखरी जेभिले निर्माणको जिम्मा पाएको छ । १२ करोड ४८ लाख ६१ हजारको लागतमा तिन तले अस्पताल भवन वन्ने गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

२०७९ भदौ २२ गते भएको ठेक्का सम्झौता अनुसार २०८१ भदौ २२ भित्र भवन निर्माण सक्नुपर्ने हुन्छ । गाँउपालिका अध्यक्ष रमेश थापा, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीतामा अस्पताल भवनको जग पुजा  गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here