१२ बैशाख, गोरखा । राजनैतिक पार्टीहरु व्यवस्था परिवर्तन गरी जनताको अवस्था परिवर्तन गर्न लागि परेको बताउँनुहुँदै पहिले देशको राष्ट्रियता उच्च राख्न सबै दलहरु एक ठाउँमा रहनुपर्ने बताए ।
गोरखाको बारपाकमा भूकम्प स्मृति दिवसका दिन आयोजित कार्यक्रमलाइ उम्बोधन गर्नुहँदै उहाँले भने, परिवर्तनकारी शक्तिहरुको बलबाट जुन परिवर्तन भयो, त्यसलाइ साथ लिएर देशको अवस्था बदल्न र राष्ट्रियता उच्च राख्न काम गर्नुपर्दछ ।

परिवर्तनकारी शक्तिहरु कसैबाट प्रभावित नहुने उनले बताए । देशमा कुनै कोणबाट अराजकता ल्याउन खोज्नेहरुलाई सफल हुन दिन नहुने उहाँको भनाइ छ । बारपाकले अफ्ठेरो अवस्थामा पनि आफ्नो पहिचान कायम गरेको उनले बताए। यस क्षेत्रको कला र सँस्कृतिको जगेर्ना गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
कार्यक्रम बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको थियो । बारपाकमा आज आठौँ भूकम्प स्मृति दिवस मनाइएको हो । बारपाक केन्द्रविन्दु भएर २०७२ साल बैशाख १२ गते शनिबारका दिन ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।






