रामशाहघाटदेखि मनकामनासम्म बाटाे कालाेपत्रे हुने

बिहिबार, जेष्ठ १८, २०८०
0
145

मनकामना । गाेरखाकाे रामशाहघाटदेखि मनकामना हुँदै जुम्ली चाैताराे सम्मकाे माेटरबाटाे कालाेपत्रे हुने भएकाे छ । सरकारले गरेकाे बजेट वक्तव्यमा बाटाे कालाेपत्रे गर्ने उल्लेख भएकाे हाे । आर्थिक वर्ष २०८०।८१ का लागि १० कराेड रुपैयाँ बजेट विनियाेजन भएकाे हाे ।

आर्थिक वर्षकाे सुरु समयदेखि नै काम गरेर कालाेपत्रे थालनी गर्ने र काम नसकिँदा सम्म बाटाे निर्माण नराेकिने अर्थमन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

यसैगरी जिल्लाकाे शहिदलखन गाउँपालिका घैरुङ पिपलछाप हुँदै जुम्ली चाैतारा र शहिदलखन हुँदै फुजेल तर्फकाे बाटाे समेत कालाेपत्रे हुने भएकाे छ ।

बाटाे कालाेपत्रे नभएका कारण यहाँका नागरिकहरुलाइ आउजाउ गर्न समस्या पर्दै आएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here