गोरखकाली रबर उद्योगमा रहेकाे तामाकाे तार चोरी गर्ने दुई जना प्रहरी नियन्त्रणमा

शनिबार, भदौ २३, २०८०
0
120

गोरखा। गोरखकाली रबर उद्योगमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग प्रा.लि भित्र रहेको तामाका तारहरु चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ बस्ने २० बर्षका राजकुमार मगर र सोही ठाउँका ३३ बर्षका ज्ञानेन्द्र विश्वकर्मा रहेको उहाँले बताउनुभयो । ‘बिहिवार उद्योगको परिषर भित्रको स्टोरमा पसेर तामाका तारहरु चोरी गर्दै गरेको अबस्था उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बतए ।

दुवै जनालाई चोरी तामाको तार काटिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय मझुवादेउरालीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाटै नियन्त्रण लिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट तामाको तार र तार काट्न प्रयोग गरेको फलामको हतियार समेत बरामद गरिएको छ ।

उनिहरु बिरुद्ध चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेको मगर र बिश्वकर्मालाई जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग भित्र रहेका उद्योगका सामग्रीहरु हराउने क्रम बढेपछि प्रहरीले चोरी नियन्त्रणका लागि उद्योगमा निगरानी बढाउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here