संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता

शनिबार, असाेज १३, २०८०
0
131
अमेरिका र चिन भ्रमण सकेर आएका प्रधानमन्त्रि प्रचण्डलाइ स्वागत गर्दै उप प्रधानमन्त्री र नेताहरु । तस्वीर प्रदिपराज वन्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिवार बिहान काठमाडौँ आइपुगेका प्रधानमन्त्री प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्नेबारे आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सि जिनपिङले पूर्ण समर्थन रहने जनाएको बताएका छन् ।

विगतमा दुई देशका बीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त भएको जानकारी गराएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछिको यो नै उच्चस्तरीय भ्रमण रहेको बताउँदै प्रचण्डले कोभिड १९ का कारण धेरै लामो समयदेखि कूटनीतिक भ्रमण रोकिएकोमा आफ्नो चीन भ्रमणबाट दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताए ।

भ्रमणको दौरान चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत रूपमा भएको छलफलबाट नेपाल चीन सम्बन्धमा थप उचाइdf पुगेको बताउँदै प्रचण्डले विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतापनि व्यक्त गरिएको उल्लेख गरे ।

१९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन अमेरिकाको न्यूर्योकबाट चीनको हान्जाऔं पुगेका थिए उनले उद्घाटन समारोह पूर्व चिनियाँ राष्ट्रपतिसँग अत्यन्त सौहार्दरुपमा वार्ता भएको बताए । सो वार्तामा दुवै देशमा भएका सम्भावना र अवसरहरूको सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा सघन छलफल भएको बताए ।

उनले भने–‘दुई देशबिच रहेको बहु आयामिक सम्बन्धलाई प्रगाढ बनाउने सन्दर्भमा विचारको स्पष्ट आदान प्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भयो । नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ । सो विषयलाई पुन: पुष्टि गर्दै नेपाल चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा पनि गहन छलफल गरियो ।’

सन् २०२६ मा नेपाल कम विकसित देशहरूको सूचीबाट विकासशील राष्ट्रको रूपमा स्तारोन्नती हुने सन्दर्भमा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्धितिय सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्ने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताएको उल्लेख गरे ।

पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र त्यसमा उड्डयन निकायहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको बताए ।

भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिनका लागि अमेरिकाबाट उनी चीनको औपचारिक भ्रमणमा गएका थिए । चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणमा उनले एक साता लामो चीन भ्रमण गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here