गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले आजबाट बजार अनुगमन सुरु गरेकाे छ । पालिकाकाे वडा नम्बर ७ र ८ का पसलहरुमा आज अनुगमन गरिएकाे प्रशासन शाखा प्रमुख पूर्ण बहादुर गहतराजले बताए ।
आज खाब्दी भन्ज्याङ, गैरी चाैतार, पाेखरीडाँडा, छापगाउँ, मैलुम लगायतका क्षेत्रमा रहेका किराना पसल, खाजाघर, विजुली पसल, हार्डवयर पसल औषधी पसलकाे अनुगमन गरिएकाे उनले बताए ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामग्रीहरु नियन्त्रणमा लिएकाे अनुगमनका सँयाेजक इन्दिरा तिवारीले बताइन । अनुगमनकाे क्रममा स्थानीय तहमा पसल दर्ता भए नभएकाे हेरिएकाे र नगरेकाे भए समयमै दर्ता गरेर काराेवार गर्न सुझाव प्रदान गरिएकाे उनकाे भनाइ छ । नियन्त्रणमा लिएका बस्तुकाे मुचुल्का उठाएर डिस्पाेज गरिने उनकाे भनाइ छ ।

अनुगमनका क्रममा जुनजन्य पेय पदार्थ, चियापत्ती, ग्लुकाेज, बाेतलका पानी लगायतका बस्तुहरु म्याद गुज्रेका भेटिएकाे उनले बताए ।
नागरिकहरुकाे स्वास्थ्य सुरक्षालाइ ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका पसलहरुकाे अनुगमन गरिएकाे पालिकाले जनाएकाे छ । स्थानीय तहमा व्यावसाय दर्ता गरेर काराेवार गर्न समेत पालिकाले सचेत गराएकाे प्रशासकीय अधिकृत गहतराजले बताए । आज ४१ वटा पसलमा अनुगमन गरिएकाे उनकाे भनाइ छ ।
अनुगमनमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, पालिका कर्मचारी, सञ्चारकर्मी र स्थानीय नागरिकहरुकाे सहभागिता रहेकाे थियाे ।






