शहिदलखन । गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिकाले पालिका भित्र रहेका बजारकाे अनुगमन गर्ने क्रममा आज घैरुङका पसलहरुमा अनुगमन गरेकाे छ । अनुगमन समितिका सँयाेजक पूर्ण बहादुर गहतराजकाे नेतृत्वमा गएकाे टाेलीले आज २६ वटा पसलमा अनुगमन गरेकाे अनुगमन समितिका सदस्य राहुल श्रेष्ठले बताए ।
अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु नियन्त्रणमा लिएकाे उनकाे भनाइ छ । जुसजन्य पेय पदार्थ, मसलाजन्य बस्तुहरु नियन्त्रणमा लिएकाे श्रेष्ठले बताए ।

चाडपर्वका समयमा बजारका व्यापारीहरुले गाउँमा खान याेग्य नरहेका सामग्रीहरु पठाउने गरेकाे पाइएकाे छ । उपभाेक्ताहरुलाइ सचेत भएर मिति हेरेर मात्र बस्तुकाे उपभाेग गर्न समेत सचेत गराएकाे छ । स्थानीय तहमा दर्ता गरेर मात्र व्यापार व्यावसाय गर्न समेत पालिकाले निर्देशन दिएकाे सँयाेजक गहतराजले बताए ।
पालिकाले यस अघि बुङ्काेट,मनकामना क्षेत्रमा अनुगमन गरेकाे जनाएकाे छ ।






