गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकाले गाउँका घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ । बैक टाढा भएकाे र वृद्धवृद्धाहरुलाइ सामाजिक सुरक्षा भत्ता लिन जानका लागि असहज हुने भएपछि बैक सँगकाे सहकार्यमा पालिका भित्र रहेका ८ वटै वडाका घरमा पुगेर भत्ता वितरण गर्न थालेकाे पालिकाले जनाएकाे छ ।
हामीले चुनावमा वाचा गरे अनुसार सामाजिक सुरक्षा भत्ता गाउँका टाेलटाेलमा पुगेर वितरण गरेका छाैँ, पालिका अध्यक्ष विष्णु प्रसाद भट्टले भने । गाउँमै भत्ता पाएपछि वृद्धवृद्धाहरु खुशी भएका स्वयँसेवक रिजन विश्वकर्माकाे भनाइ छ ।






