मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे

सोमवार, बैशाख ३१, २०८१
0
243
गाेरखाकाे नारेश्वर सडक खण्ड । तस्वीर सन्ताेष गाैतम

गोरखा, ३१ वैशाख । जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्र भएको छ । गोरखा नगरपालिका -५ मानेपानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुुदै पडेनीचौतारा जोड्ने १० किलोमिटर सडकमा प्रिमिक्स प्रबिधिको कालोपत्र भएको हो । वि.स. २०४५ मा मार्ग खुुलेको यो सडक जिणर्, साघुुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुुलाम्मे थियो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर-निवेल-ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर-पडेनी चौतारा क्षेत्रमा कालोपत्र गरेर सडक स्तरोन्नति भएको छ ।

वि.स. २०४५ मा मार्ग खुलेको सडक कालोपत्र भएपछि यात्राअवधी छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा सहज भएको छ ।

गाेरखाकाे नारेश्वर घलाङ सडकखण्ड ।

वि.स. २०७६ मा रु. २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह-पिके-गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिलागरी सडक कालोपत्र गर्ने काम सकेको हो । नारेश्वर-निवेल-ताकुुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्र गर्न संरचना निर्माणको काम भैरहेको छ ।

गत वर्ष रु. २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर-ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक ईञ्जिनियर दिपक बस्नेतले बताए ।

गोरखा नगरपालिका र बारपाक सुुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here