हावाहुरीका कारण ३ कराेड लागतमा बनेकाे प्रहरी कार्यालयकाे पर्खाल भत्कियाे

सोमवार, बैशाख ३१, २०८१
0
173
हावाहुरीले भत्काएकाे बारवर्दिया प्रहरी चाैकीकाे पर्खाल ।

बर्दिया । जिल्लाकाे बारवर्दिया नगरपालिका स्थित जयनगरमा प्रहरी कार्यालयमा बनेकाे पर्खाल सामान्य हावाहुरीका कारण भत्किएकाे छ ।

बैशाख २० गते लुम्बिनी प्रदेशका प्रहरी प्रमुखले पर्खालकाे एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । तीन कराेड लागतमा बनेकाे पर्खाल भत्किएकाे हाे । त्यस क्षेत्रमा अन्य कुनै पनि क्षेती हावाहुरीका कारण भएकाे छैन् ।

भर्खरै उद्घाटन भएकाे पर्खात भत्किएपछि नयाँ बजेटमा पर्खाल निर्माणका लागि यथेष्ट बजेट राखिदिन प्रहरी कार्यालय बर्दियाबाट मुचुल्का सहितकाे माग राखिएकाे बर्दिया प्रहरीका सूचना अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here