पाँच मुक्तक

शुक्रबार, भदौ १९, २०७७
0
215

मुक्तक १

औँसीको रातमा पूर्णिमाको त्यो जुन, खोज्छ मान्छे

बाँचुन्जेल बैगुन देख्नेको मरे पछि गुन, खोज्छ मान्छे

यहाँ धन भन्दा ठुलो जीवन, प्रेम होइन रहेछ महोदय

जीवन जलाउनु अगाडि सम्झिएर सुन, खोज्छ मान्छे

मुक्तक २

शंका होइन प्रिय मनमा थोरै डर, पलाएको छ

त्यही डरले सपनाको सुन्दर घर, जलाएको छ

मनले आफ्नो माने पनि आफ्नो भन्न नपाउँदा

आफ्नै प्रेमले आफैंलाई हरेक प्रहर, गलाएको छ

मुक्तक ३

किन प्रिय आज भोली बोल्छौ ,मन नलाए झै गरी

हामी दुई बिचको प्रेम सम्बन्ध बाटै अघाए झै गरी

झर्को बोली रूखो व्यवहार देखाउन थालेका छौँ

म भन्दा निकै राम्री र असल , प्यारी पाए झै गरी

मुक्तक ४

मन मुटु भरी उनकै मात्र नाम ,लेखिरहि उसले

जोगाउन सम्बन्ध विश्वासले नै ,सेकिरहि उसले

जसलाई ऊ सँग बोल्न ,एक पल फुर्सद थिएन

उसै सँग जीवन बिताउने सपना ,देखिरहि उसले

मुक्तक ५

घरमा बिहेका चल्दा कुरा तिम्रो नाम भनेकी छु

सोध खोज गर्दा चिनाउन तिम्रो गाम भनेकी छु

पढाइ,जागिर के छ आनीबानी बुझ्नुपर्छ भन्दा

सरल,असल मान्छे सँगै जागिर काम भनेकी छु 

आरू सुवेदी

कपिलवस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here