काठमाण्डौ । नव गायिका शशीकला स्याङ्तानको ‘नाचु नाचु’ लाग्यो बजारमा आएको छ । उक्त गीतलाई जिग्मे मिडियाबाट बजारमा ल्याइएको हो । पहिलो गीतबाट नै बजारमा लोकप्रियता हासिल गर्दै गरेको उक्त गीतलाई धेरै जनाले राम्रो प्रतिकृया दिएका छन ।
नव गायिका स्याङ्तानले बताइन ‘मेरो पहिलो गीतमा मेरो आफ्नै अभिनय समेटिएको छ । सबै जनाले मन पराउनुहुनेछ भन्ने पूर्ण आशा छ ।’
चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङद्धारा रचित एंव संगीतबद्ध उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन । आशमान लोप्चनले निर्देशन र सम्पादन गरेको भिडियोलाई ड्रोन, छायांकन र कलर सुर्य लामाले गरेका हुन भने शुशिल लामाले कोरियोग्राफ गरेका हुन ।
गितको भिडियोमा निर्देशक एंव चर्चित मोडल अभी लामा, सुस्मिता तामाङ र उनै नव गायिका शशीकला स्याङ्तानलको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला






