गोरखा १९, भदौ । गोरखा नगरपालिका क्षेत्रमा शुक्रबार एकैदिन २० जना कोरोना संक्रमित भेटिएपछि भोलिदेखि नगरपालिका भित्र निषेधाज्ञा जारी गरिने भएको छ । आज बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भोलि मध्यान्ह्र १२ बजेदेखि एकहप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैठकले निषेधाज्ञाको अबधीभर नगरक्षेत्र भित्र प्रवेश गर्न र बाहिरिन कडाई गर्ने जनाइएको छ । त्यस्तै नगरक्षेत्र भित्र अत्याबश्यक काम बाहेक घर बाहिर निस्किए कारावाही गर्ने निर्णय बैठकले गरेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीले जानकारी दिए ।
संक्रमण बढ्दै गएको भन्दै रोकोना रोकथाम तथा नियन्त्रणका लागि साता दिनको निषेधाज्ञा गर्ने निर्णय भएको गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए । गोरखा नगरपालिकाको वडा नम्बर १३ मा १४ जना, वडा ६ मा २ जना, वडा नम्बर ७ मा ३ जना र वडा नम्बर ८ मा एकजनामा शुक्रबार कोरोना संक्रमणको पुष्टी भएको थियो ।






