राष्ट्रिय विभुति अमरसिंह थापाको सम्झनामा आज सिरानचोकमा सार्वजनिक विदा

बुधबार, साउन १६, २०८१
0
150
अमरसिँह थापा

अभिसेक तामाङ
१६ साउन, गोरखा । राष्ट्रिय विभुति अमरसिंह थापाको सम्झनामा आज सिरानचोकले सार्वजनिक विदा घोषणा गरेको छ ।


सिरानचोक गाउँपालिकामा वि.स. १८०८ मा जन्मिएका राष्ट्रिय विभुति अमरसिंह थापा, तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोककोटमा चौविसे राज्यहरुसगँ लडाईमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल तथा नेपाल एकिकरणको क्रममा अतुलनीय भुमिका खेलेका राष्ट्रिय विभुति अमरसिंह थापाको २०८ औं स्मृति दिवसको अवसरमा मिति २०८१/०४/१६ गतेका दिन सिरानचोक गाउँपालिका भित्र सार्वजनिक विदा दिईएको जानकारी गराईन्छ, पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख छ ।

थापाको सम्झानामा आज सिरानचोक गाउँपालिका वडा नं. ६ गाँखु स्थित अमरसिंह पार्कमा विभिन्न कार्यक्रम सहित दिवस मनाईने भएको गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here