लघुकथा- समयको माग

शनिबार, भदौ २०, २०७७
0
198

शनिबारको दिन सिन्जा र सोनिका बिहानको खानापछि गफिंदै थिए।

ओई!सोनि हेर् न यार!आजको मेरो टिकटकमा त कति धेरै भ्युअर्स बढेका।लाइक कमेन्ट् त कति हो कति !कमेन्ट्को रिप्लाई दिनै भ्याइनभ्याइ छ यार्।मेरो टिकटकको साथी दिपकले भोलि लाइभमा बस्न इन्भाइट् गरेको छ।तँ पनि आइजा न यार् टिक्टकमा ।तँ पनि टिकटक आइडि बना न।तेरा ती साहित्यिक साथीले सुनकै प्लेनमा उडाउँछ्न् कि झैँ गर्छेस्-निकै हौसिंदै भनी सिन्जाले।

राम्रै भएछ त।तेरो टिकटक भाइरल बना न त सिधै फेसबूकमा पोष्ट हुनि गरेर।किन अर्कालाई खिसी टिउरी गर्छेस्?तँलाई तेरो टिकटक प्यारो भएजस्तै मलाई नि मेरो साहित्य प्यारो छ बुझिस्।मलाई मेरो लेख रचनामा लाइक कमेन्ट आओस् नआओस् मतलव छैन बुझिस्-सोनिकाले कड्केरै भनी।

हेर न !नखरा पारेकी।मैले त तेरो लेख रचनाको पेजमा लाइकको इमोजी,गूडलक,ब्युटिफुल,नाइस जस्ताको स्टिकर मात्रै देख्छु त।त्यैपनि लेखको अन्तमा यसो हेर्न लायक फोटो राखिस् भने।अझ तेसैमा पनि भलाद्मी भएर” हार्दिक आभार हजुर “भन्ने रिप्लाई हान्छेस्। तँ धेरै भद्र नबन् के ! मान्छे कति व्यस्त छ्न् यहाँ !तँलाइ समयको माग नै थाहा छैन।हाम्रो १४/१५ सेकेन्डको भिडियो त मन लाई न लाई हेर्छन्  मनोरञ्जन हुनि खस्ले त।अनि तेरो लेख भनेर खुब पढ्लान् नि पाठकले!धेरै भावुक नबन् है केटी-सिन्जाले व्यङ्ग गर्दै भनी।

छोड्दे सिन्जु!जे सुकै भए नि आ- आफ्नो रुचि अनुसार हो सामाजिक संजालमा जोडिनी।किन बित्थैमा झर्को फर्को गर्नु पर्यो?आखिर!तँ पनि दर्शककै भोकी होस् के रे।तँ पनि भाइरल वालासँग ड्युट गरेर होस् कि नमरे पनि मरेको एक्टिङ्ग गरेर होस्, दर्शक तान्न खोज्छेस् के रे!किन सुधी बन्न खोज्छेस् हँ?म पनि मेरा भावना पोख्छु।कसैको मनलाई छोए ,ध्यानाकर्षण गरे अक्षरीय सुझाव आउला।थाहा छ जमाना बेफुर्सदीको छ,उस्तै परे स्टिकर आउला।यो पनि त समयको माग हो नि होइन र?-सोनिकाले संयमित भएर भनी।

टुकादेबी आचार्य

शुक्लागण्डकी-३,तनहुँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here