बिमल अधिकारी,कावासोती
भाद्र २०,शनिवार ।
नवलपुरको कावासोती फलफुचोक रेडक्रस भवन अगाडि विभिन्न सस्थाहरुको सहकार्यमा सामाजिक अभियान्ताहरुले फुड बैंक अभियानको सुभारम्भ आज बाट गरेका छन ।
हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔ भन्ने सामाजिक भाव बोकेको यो कार्यक्रम ड्याड नेपाल,कावासोती सहयोगी सस्था,महाअभियान हरेक दिन एक मुठ्ठी दान,हाम्रो संसारको आयोजना रहेको कार्यक्रममा जेसिआई नवलपुर,रेडक्रस कावासोती ,निर्णय सुधार केन्द्र, निप्स नवलपुर, पोल स्टारको सहकार्यमा गरिएको हो ।
कार्यक्रममा शुभकामना दिदै कावासोती वडा नम्बर ६ का वडा अध्यक्ष हेमु पाण्डेले यो महामारिले सम्पुर्ण मजदुर वर्गको जीवन अत्यन्तै कस्टर रहेको अवस्थामा यो कार्यक्राम अति नै प्रभावकारी रहेको र अभियानमा अझ सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । त्यस्तै यो कार्यक्रम समय सापेक्ष रहेको र यो महानअभियानको समन्वय गर्न पाउँदा हर्सिद भएको र अभियानलाई निरन्तर सहयोग गर्ने रेडक्रस कावासोती साखाका अध्यक्ष बेद प्रसाद न्यौपानेले प्रतिबद्धता गर्नु भयो । अन्य सहभागी अभियान्ताहरुले यो अभियानको खुलेर प्रशंसा गरेका थिए । जेसिआई नवलपुरका अध्यक्ष नारायण न्यौपाने अभियान उत्कृष्ट रहेको यश अभियानमा जेसिआइले सहयोग गर्ने र अन्य सामाजिक संघ सस्था एवम ब्यक्तित्वहरुलाई समेत यो कार्यमा सहकार्य गर्न समेत अपिल गर्नु भयो । साथै अभियान एक हप्ता सम्म चल्ने र अभियानमा सहयोग गर्न अभियानका संयोजक किरण भुर्तेलले समेत अनुरोध गर्नु भयो ।






