राजेन्द्र न्यौपाने
भदौ २० गोरखा ।
अचेत अवस्थामा गोरखा अस्पतालमा आएकी गोरखा नगरपालिका ७ की ७५ वर्षिय महिलाको अस्पतालमा निधन भएपछि दिनभर बन्द रहेको इमरजेन्सि वार्ड डिस्इन्फेक्सन गरेर पुन : सञ्चालनमा आएको छ । अस्पतालकाे सेवा पुन: सुचारु भएकाे छ ।
हेर्नुहोस विज्ञप्ति

महिलाको पिसिआर परिक्षणको नतिजा भने नआएकोले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट नविन थापाले जानकारी दिए ।यसअघि अस्पताल शिल गरेको अवस्थामा जटिल अवस्थामा स्वास्थ्य सेवा लिन स्वास्थ्यकर्मीहरुको सम्पर्क नम्वर सार्वजनिक गरेको थियो ।






