भदाै २१ गाेरखा ।
गण्डकी प्रदेशमा अध्यावधिक विवरण अनुसार आज ६९ जना काेराेना सङ्क्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६९ जना नयाँ संक्रमितहरुको थपिएका हुन सबै व्यक्तिहरु contact tracing बाट पहिचान भएकाे हो | संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुनुहुन्छ | लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी रहेका छन् । गाेरखा आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जना पुरुष रहेका छन् ।

आजकाे विवरण अनुसार गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २५१६ पुगेकाे गण्डकी प्रदेश स्थित स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।






