शहिद लखन गाउँपालिका वडा नं. ८ आफ्नै भवनमा

आइतवार, भदौ २१, २०७७
0
263

भदाै २१ गाेरखा ।  शहिद लखन गाउँपालिका वडा नं. ८ ले आजबाट नयाँ भवन कार्यालयमा  रहेर सेवा थालनी गरेको छ।  खाब्दी भन्ज्याङबाट सेवा दिईरहेको कार्यालयको सन्तानेश्वर महादेव मन्दिर परिसरमा नयाँ भवन निर्माण पश्चात आजबाट सेवा सुरु गरेको हो। भवनकाे आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्षा रमेशबाबु थापा मगरले उद्घाटन गरेका छन् ।

आगामि वर्ष भित्र गाउँकार्यापालिका र सबै वडा कार्यालय भवनहरु निर्माणा गरिसक्ने लक्ष्य रहेकाे थापाले बताए ।  पालिका प्रमुख थापाका अनुसार वडा नम्वर ३ मनकामनाकाे भवन निर्माणाधिन अवस्थामा रहेकाे छ वडा नम्वर ५ र ७ काे यसैवर्ष भित्र टेण्डर भएर काम सुरु हुन्छ  । अरु वडा भवन यस अघि नै निर्माण सम्पन्न भएकाे उनकाे भनाइ छ ।

नयाँ भवन बनाएर आजबाट सेवा सुरु गरेको वडा अध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । सामाजिक दुरी कायम गरेर आयोजना गरिएको औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले वडा भवन कार्यालय उद्घाटन गरेका हुन ।


गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँको लागतमा शौचालय सहित ४ कोठे भवन बनाईएको वडा अध्यक्ष अम्गाईले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिृकत जिवन बहादुर आले मगर, वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ लगायतले उद्घाटन मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here