गोरखा २२, भदौ ।
जिल्लामा एउटै परिवारका १२ जना सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय सोमबार बिहान जारी गरेको बिज्ञप्तीमा गोरखा जिल्ला भित्र गोरखा नगरपालिका वडा नम्बर ७ मा १२ जना, वडा नम्बर ८ मा ४ जना र पालुङटार नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । वडा नम्वर ७ का एउटै परिवारका सदस्यहरु हुन् । उनीहरु शनिबार निधन भएकी महिलाका परिवार हुन् ।

संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङमा स्वाँब लिएर कोरोना परीक्षण गरिएकाहरु रहेको निर्देशनालयका निर्देशक डा बिनोदबिन्दु शर्माले बताए । संक्रमण पुष्टी भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको गाेरखा नगरपालिकाले जनाएकाे छ।






