आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुनः शुरु

सोमवार, भदौ २२, २०७७
0
153

भदाै २२, गाेरखा ।
जिल्लाको  अस्पताल आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुनः शुरु भएको छ । बिशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सवै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले बताए ।

आँपिपपलअस्पतालका भाैतिक सँरचनाहरु ।

‘११ महिनादेखि बिशेषज्ञ चिकित्सक नहुदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालबाट बाहिर रिफर गर्नुपरेकाे थियाे ।  अब बिरामीहरुले आँपपिपलमा सेवा पाउनु हुने भएको छ ।’ उनका अनुसार अस्पतालमा आकस्मिक रुपमा आईपर्ने एपेन्डिसाइटिसका अप्रेसन, सिएस, लगायतका अन्य अप्रेसन सेवा शुरु भएकोे हाे ।

अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकिय अधिकृत गिरीको भनाई छ । गएको असोजमा अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेल सरुवा भएपछि  अस्पतालमा सवै खालका आकस्मिक अप्रेसन सेवा रोकिएको थियो ।

सेवा सुरु भएपछि कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीहरुले रिफर गर्नुपर्ने अवस्था हटेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here