भदाै २२ गाेरखा ।
जिल्लाका ४ सरकारी कार्यालयका ४ जना सरकारी कर्मचारीमा पनि कोरोना पुष्टी भएकाे छ । आज साेमबार पुष्टि भएका १८ जना मध्ये ४ जना सरकारी कर्मचारी हुन् ।
संक्रमण पुष्टी भएका गोरखा नगरपालिका वडा नम्बर ८ का बर्ष ५६, ३०, ३४ बर्षका ३ पूरुष २८ बर्षका एक महिला सरकारी कर्मचारी रहेका छन् ।
जसमा जिल्ला प्रशासन कार्यलय, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक कार्यालय र गाेरखा अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । अस्पतालमा कार्यरत महिलाको श्रीमानमा पनि कोरोना पुष्टी भएको छ ।
सोमबार नै कोरोना पुष्टी भएका वडा नम्बर ७ का कोरोना संक्रमितहरु सबै जना शनिबार मृत्यु भएकी ७५ बर्षिय महिलाको आफ्न्तहरु भएकाे गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले मनासलु डटकमलाइ बताए ।






